रणबीरलाई देख्दा जलन हुन्छः दीपिका
मुम्बई । रणबीर कपुर र दीपिका पादुकोणको सम्बन्ध पहिला जस्तै सुमधुर छैन । तर, पनि दीपिका रणबीरको सफलताका लागि कामना गर्न छोड्दिनन् ।
दीपिकाको भनाई अनुसार जस्तोसुकै परिस्थिती आएपनि उनी रणबीरलाई साथ दिई नै रहनेछिन् । ‘म रणबीरका लागि प्रोटेक्टिभ हुँ कसैले उनको निजी जिन्दगी या फिल्मको आलोचना गरेको सुन्दा मलाई नरमाईलो लाग्छ ।’
उनले यो पनि भनिन् ‘रणबीरको काम देख्दा मलाई जलन हुन्छ । उनले अभिनय गरेको दृष्य हेरेर सोच्छु
रणबीरले यो दृष्यमा कसरि अभिनय गरे होलान् ।’
रणबीर कतै भड्किने हुने पो हो कि भनेर उनी एक समय चिन्तित हुन्थिन् । तर, अहिले ढुक्क छिन् । भन्छिन् ‘उनी पहिला भन्दा पनि गम्भिर भएछन् मलाई आनन्द आएको छ ।’
सन २००७ मा प्रदर्शन भएको दीपिकाको पहिलो फिल्म ‘ओम शान्ति ओम’ बक्स अफिसमा सफल भएको थियो । २१ वर्षको उमेरमा करिअर सुरु गरेकी दीपिका भन्छिन् ‘मलाई पढाईप्रति रुची थिएन । थिएटर, अभिनय, फिल्म र मोडलिङमा बढ्ता रुची थियो ।’
पहिलो फिल्मको प्रस्ताववारे अहिले पनि उनलाई अचम्म लाग्छ । फराह खानले फोन गरेर फिल्ममा लिन लागेको कुरा गर्दा उनले सोचेकी थिईन् ‘म संग कसैले मजाक गर्दैछ ।’
त्यहि एउटा फोनले आफ्नो जीन्दगीको बाटो फेरिएको उनको बुझाई छ । दीपिका अहिले प्रदर्शोन्मुख फिल्म ‘तमाशा’ को प्रमोशनमा ब्यस्त छिन् ।
Source:Onlinekhabar.com
0 comments:
Post a Comment