यो हो ११ करोडको भैँसी

 Buffalo
एउटा भैँसीको मूल्य कति पर्ला ? ५० हजार देखि लाख, डेढलाख सम्म । तर यो दुनियामा ११ करोड मूल्य पर्ने भैँसी समेत छन् भन्दा अचम्मै नपर्ने कुरा भएन ।

भारतको हैदरावादमा हरेक वर्ष आयोजना हुने सरदार उत्सव मेला नामक भैँसी मेला यो पटक विशेष रह्यो । कारण, मेलामा यसपटक एउटा यस्तो भैँसी ल्याइयो जसको मूल्य सुन्दा डरै
लाग्छ । मुर्रा जातको त्यो भैँसीको मूल्य ७ करोड भारु तोकिएको थियो ।

११ करोड नेपाली रुपियाँ भन्दा बढि मूल्यको त्यो बहुमूल्य भैँसी हरियाणाबाट ल्याइएको हो । स्मरण रहोस् हैदरावादका यादव समुदायले हरेक वर्ष दिपावलीका अवसरमा भैँसी उत्सव मनाउने गर्छन् । जसलाई दुन्नापोथुला पांडुगाको नामले पनि चिनिन्छ ।

यो उत्सवमा भाग लिनका लागि भारतका विभिन्न ठाउँबाट मानिसहरुले आ आफ्ना भैँसी लिएर आउँदछन् । भैँसीलाई फूलमाला पहिराएर सिँगारिन्छ । साथै भैँसीको परेड पनि खेलाइन्छ ।
Source: Onlinekhabar
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment