ली योंग्झी नामका ती पुरुषले आफ्नो घरमा ८ किसिमका खुर्सानी फलाउने गरेका छन् । उनकोे यो अचाक्ली
खुर्सानी खाने शोखको सुरुवात १० वर्ष पहिले भएको रहेछ ।
मानिसहरु दिनको सुरुवात दाँत ब्रस गरेर गर्छन् । तर यी मानिस भने खुर्सानी टोकेर दिनको सुरुवात गर्दछन् अर्थात् हरेक बिहान उठ्ने बित्तिकै पनि खुर्सानी खाइहाल्छन् ।
अरुले कल्पना गर्न पनि नसक्ने परिमाणमा खुर्सानी हसुर्ने यी व्यक्ति अवश्य पनि विचित्र क्षमता भएका व्यक्ति हुन् । तर उनले आफुलाई सुपर पावरवाला मानिस ठान्दैनन् । आफुलाई खुर्सानी मीठो लाग्ने भएकाले खाने गरेको उनको सरल तर्क छ ।
यति धेरै खुर्सानी खाने भएपनि परिवारले अस्पतालमा लगेर उनको धेरै पटक जाँच गराए । तर उनको जिउमा कुनै खराबी वा कमजोरी पाइएको छैन । यति धेरै खुर्सानीको पिरो उनको जिउले कसरी सहन सक्छ भन्ने विषयमा डाक्टरहरु नै अचम्ममा परेका छन् ।
Source:onlinekhabar.com
0 comments:
Post a Comment